काठमाडौं । सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ । पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन सोमबारदेखि नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ । विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको छ । जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको छ ।” सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा प्रदूषण नियन्त्रणका लागि उक्त व्यवस्था नगरेको बताउँदै उहाँले आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि उचाइ अनुसार आरोहण शुल्क बढेको जानकारी दिए ।
सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको उनले बताए । बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर बुझाउनुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो । त्यस्तै सगरमाथाको दक्षिणपूर्वी मार्गबाहेक अन्यतिरबाट आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर तथा वर्षा ऋतुको दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ ।
त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ बुझाउनुपर्ने छ । शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ । सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको छ । हालसम्म यस्तो शुल्क एक हजार आठ सय, नौ सय र ४५० डलर रहेको छ । त्यस्तै सात हजार ५०१ देखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहणका लागि एक हजार, पाँच सय र २५० अमेरिकी डलर तोकिएको छ । हालसम्म यो दर छ सय, तीन सय र १५० अमेरिकी डलर रहेको छ ।
विभागका अनुसार सात हजारदेखि सात हजार पाँच सय मिटरसम्म उचाइ भएका हिमाल आरोहण गर्न आठ सय, चार सय र दुई सय डलर पुर्याइएको छ । हाल यो उचाइको हिमाल चढ्न पाँच सय, २५० र १२५ डलर लाग्दै आएको छ । त्यस्तै छ हजार ५०१ देखि छ हजार ९९९ मिटरसम्मका लागि पाँच सय, २५० र दुई सय अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । अहिले ती हिमाल आरोहण गर्न चार सय, दुई सय र एक सय अमेरिकी डलर लाग्ने गरेको छ । छ हजार पाँच सय मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पु¥याइएको छ । हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






