काठमाडौ ७ असोज। जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले बिगतका वर्षहरु झै यस वर्षपनि ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण, दिप प्रज्वलन एवं मौन धारण गरि श्रद्धाञ्जली तथा स्मृति सभा सम्पन्न गरेको छ ।
कोषले ताप्लेजुङको घुन्सामा १९ वर्षअघि हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष असोज ७ गतेलाई स्मृति सभा र राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरेको छ ।
विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू- संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए ।
कोषले काठमाडौंको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक तथा स्मृति पार्कसमेत स्थापना गरेको छ । देश बुझेको एउटा भूगोल र वातावरणविद्को दुर्घटनामा परी निधन हुँदा राज्यले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै सँगै दुर्घटनामा परी निधन भएका विशिष्ट व्यक्तिहरुप्रति श्रद्धासुमनसहित स्मरण गर्दै आएको कोषका अध्यक्ष पुष्पराज पाण्डेले बताए । ‘दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै काठमाडौंको रामकोटस्थित ‘संरक्षण स्मृति पार्क’को निर्माण गरिएको छ,’ उनले भने, ‘पर्याप्त रकम नभएका कारण पार्क निर्माणको कार्यले अझै पूर्णता पाउन सकेको छैन, अबको दुई वर्षमा निर्माण सम्पन्न गरी राष्ट्रपतिबाट उद्घाटन गराउने तयारी छ ।
कोषका अध्यक्ष पाण्डेको सभापतित्व र काठमाडौ जिल्ला वार एशोसियसनका निवर्तमान अध्यक्ष आर।सी। विमलको प्रमुख आतिथ्यतामा सम्पन्न माल्यार्पण तथा स्मृति सभामा अधिवक्ताहरु अर्जुन चालिसे, राजकुमार उप्रेती, तुलसीराम पराजुली, समाजसेवी सनतकुमार गिरी, शिव खत्री, युरेसन योङ्गे सुब्बा, यसुधा पौडेललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






