नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट कार्यक्रम आयोजना गर्ने भएको छ।
जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने छ। कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ।
कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन्। तीमध्ये एक जना खेलाडीलाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली ९म्भखभयिऊभलत क्त्रगबम० मा राखिने लुम्बिनी लायन्सले जनाएको छ। छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन्।
लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ।
यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






