विराटनगर किंग्सले नेपाल प्रिमिय लिगको दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएल को फ़्रेन्चाइज नेपाल प्रिमियर लिगलाई नेतृत्व गरेको अनुभव छ। उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले बिराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
“फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स रनेपाल प्रिमियर लिगको लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र नेपाल प्रिमियर लिगको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्” ।
“फाफ डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै नेपाल प्रिमियर लिगलाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ। अब बिराटनगर किंग्स फाफ डु प्लेसिसको साथमा नेपाल प्रिमियर लिग सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।
बिराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिग मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






