काठमाडौं । उद्योगको दर्ता प्रक्रीयादेखि संचालनमा ल्याउ“दासम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ । मुुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण हुुनुुपर्ने चेम्बरको धारणा छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हा समक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर र अनुुमतिपत्र हटाउने व्यवस्थाका लागि पहल गर्न समेत आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले भने, औद्योगिक र व्यवसायिक वातावरण निर्माणसंगै उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोमा जोड दिए ।
यसका लागि अविलम्ब बीमाको बिस्तृत दायरा समेटेर आन्तरिक लगानी प्रवद्र्धन एवं सुरक्षा नीति ल्याउनुुपर्ने बताए । रेमिट्यान्सलाई उत्पादन मुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुुनुुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपालको औद्योगिक क्षमता उपयोग खस्किएको प्रति अध्यक्ष अग्रवालले मन्त्री सिन्हाको ध्यानाकर्षण गराए । उनले भने, ‘नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार ०८१/०८२ मा नेपालको औषत औद्योगिक क्षमता उपयोग ४४.५% मा सिमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा औसत क्षमता उपभोग ४८.३% रहेको थियो, ।’
उद्योग व्यापार र लगानी सम्बनधी नीतिहरुमा वारबार परिवर्तन नहुुने स्पष्ट प्रतिवद्धता सरकारबाट आउनुुपर्नेमा उनको भनाई छ । आर्थिक कुुटनीतिको माध्यामबाट विश्वबजारहरुको खोजी गरिनुुपर्ने र निर्यातकर्तालाई निर्यात अनुुदानको सुुनिश्चितता गर्नुुपर्ने अध्यक्ष अग्रवालले बताए । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री सिन्हाले मुुलुुकभित्र औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि सहजीकरणको प्रयास भईरहेको बताए । निजी क्षेत्र र आम सेवाग्राहीलाई प्रसाशनिक र नीतिगत झण्झट कम गर्नका लागि सरकारले प्रयास गरिरहेको मन्त्री सिन्हाको भनाई छ ।
निर्यात अनुुदानमा लागेको बन्देज खुुलाउनका लागि प्रयास भईरहेको मन्त्री सिन्हाले बताए । बजार अनुुगमनमा नाममा व्यवसायीलाई दुुःख दिन नहुुनेमा सरकार सजग रहेको र स्वदेशी लगानी सुुरक्षाका लागि सरकारले गम्भिरताका साथ काम गरिरहेको बताए । मन्त्री सिन्हाले आद्यौगिक वातावरण सहज बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






