डेभिड शङ्करको स्वरमा रहेको गीत ‘पीरै पीर भो जीवन’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना, दीपक शर्माको संगीत र पुरुषोत्तम पौडेलले संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डेभिडको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ छ ।
जीवनका भोगाइ र अनुभूतिलाई गीतमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ । गीतलाई म्युजिसियन स्टुडियोमा किशोर थापाले रेकर्ड गरेका हुन् । पूजा ठकुरीले निर्देशन रहेको गीतको भिडियोमा गायक डेभिडसँगै गीतकार दिनेश र संगीतकार दीपक शर्मालाई पनि देख्न सकिन्छ ।
स्टुडियोमा गीत सिर्जना हुँदै रेकर्डिङसम्मको प्रक्रियालाई समेट्दै भिडियो तयार गरिएको छ । भिडियो छायांकन हरिश महराले गरेका हुन् भने सम्पादन विनोद बमको छ । निर्मला आचार्यले शृंगारको जिम्मेवारी सम्हालेकी छिन् ।
"https://www.youtube.com/embed/8ksxIUWR8vs"
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






