काठमाडौं । वर्तमान सरकारका विरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी गरेका छन् । बालेन साह नेतृत्वको सरकारले गरेका गतिविधिका विरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले मोर्चाबन्दी गरेका हुन् ।
बिहीबार नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा बसेको विपक्षी नेताहरूको बैठकले सरकारका निर्णयप्रति ध्यानआकर्षण भएको जनाएको छ ।
बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल लगायतका नेताहरूले सरकारले चालेका कतिपय कदमले नागरिकमा भय र त्रास सिर्जना गरेको निष्कर्ष निकालेका छन् ।
विपक्षी दहहरुले विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सुकुम्बासी र अव्यवस्थित बसोवासीको उचित पहिचान र वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउन थालिएकोमा कडा आपत्ति जनाएको छ । संविधानले सुनिश्चित गरेको आवासको हकलाई कुण्ठित गर्दै सरकारले बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिकलाई विचल्लीमा पारेको उनीहरूको आरोप छ ।
यस्तै, भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर सर्वसाधारणको ढाड सेकिँदा समेत सरकारले कालोबजारी नियन्त्रण र सार्वजनिक वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसकेको ठहर बैठकले गरेको छ । अन्तर्राष्ट्रिय परिस्थिति र क्षेत्रीय तनावका कारण यो वर्ष रासायनिक मलको चरम अभाव हुन सक्ने पूर्वसंकेत देखिएको भन्दै विपक्षी दलहरूले समयमै सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई सचेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






