काठमाडौं । बालेन्द्र साह ‘बालेन’ नेतृत्वको कदमका विरुद्ध सुकुम्बासीहरुले देशव्यापी आम हड्ताल गर्ने भएका छन् । अखिल नेपाल सुकुम्वासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको हो ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेको संघले विभिन्न सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको छ ।
पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई गरेका वाचा स्मरण गर्न र जबर्जस्ती उठिवास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने संघले जनाएको छ ।
त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ ।
संघका अध्यक्ष अमर परियारले जबर्जस्ती नागरिकलाई उठिबास लगाउने कार्य भएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






