काठमाडौं । बिहीबार रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले दुर्घटनामा ज्यान गुमाउनेहरुको नामावली सार्वजनिक गरेको हो ।
रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका–१५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
विस्तृतमा हेर्नुहोस् :
सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
भुमे–५, रुकुम पूर्व घर भएकाहरू
११. टेकप्रसाद बुढामगर
दाङको घोराही–१५, रतनपुर घर भएकाहरू
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






