काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा प्रहरीलाई अनुमति दिन अस्वीकार गरेको छ । जिल्ला न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्न अनुमति दिन अस्वीकार गरेको हो ।
‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।’ – आदेशमा भनिएको छ ।
यसअघि सोमबार सर्वोच्च अदालतले व्यवसायी गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएका थियो । उनी पाँच लाख धरौटी बुझाएर रिहा भएका थिए ।
सोमबार साँझ रिहा भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिमा सम्बन्धी कसूरमा उनलाई पुनः पक्राउ गरेको थियो । उनलाई हिरासतमा राख्नका लागि ब्युरोले आज जिल्ला अदालतबाट अनुमति मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






