काठमाडौं । प्रधानमन्त्री बालेन साहले आजका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री साहले आज साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् ।
संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ ।
उक्त बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको सहभागिता रहनेछ ।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको सपना प्रधान मल्ल यतिबेला सर्वोच्चमा कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश छिन् । परिषद् बैठकमा कामु प्रधानन्यायाधीश सदस्यको रुपमा उपस्थित हुन नपाउने संवैधानिक व्यवस्था छ ।
त्यसैले बैठकमा सहभागी हुन सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष दाहाल, कानुनमन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई मात्र आमन्त्रण गरिएको छ।
गत चैतमा पद रिक्त हुनुअघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा।मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाइ नजिकको बहुमत रहेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री साहले परम्परा तोड्ने चर्चाकाबीच प्रधानन्यायाधीशको नियुक्तिलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






