एमाले सचिव बस्नेतकी पत्नीसहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँको आदेश 

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरु विरुद्ध जानुका पाठक ऊर्फ शोभाले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् । 

साथै जिल्ला अदालतले गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, निता खत्रीलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै