काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले आजैदेखि लागू हुने गरी ग्यासको मूल्य बढाएको हो ।
शुक्रबारदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको जनाएको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जानकारी दिएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो



ट्रेन्डिङ
खबरमुकाम







