काठमाडौं । सरकारले विस्थापित सुकुम्बासीले आफ्नो व्यवस्था आफैं गर्नु पर्ने निर्णय गरेको छ । सुकुम्बासी बस्ती हटाउँदा विस्थापनमा परेकाहरुलाईलाई पुनर्स्थापनाका लागि प्रति परिवार २५ हजार दिने निर्णय गर्दै आफ्नो व्यवस्था आफैं गर्न भनेको हो ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले विस्थापित भएका परिवारलाई सरकारले एकमुष्ट २५ हजार उपलब्ध गराउने बताए । उनका अनुसार त्यस्ता परिवारलाई सरकारले खानपानका लागि तीन महिनासम्म प्रति महिना १५ हजारका दरले रकम उपलब्ध गराउने छ । पाँच जनासम्म सदस्य भएको परिवारलाई मासिक १५ हजार र त्यसभन्दा बढी सदस्य भएको परिवारका हकमा थप प्रतिसदस्य २ हजार रुपैयाँ उपलब्ध गराइने उनको भनाइ रहेको छ ।
पोखरेलले विस्थापित बालबालिका, वृद्ध–अशक्त तथा बिरामीहरूको हकमा होल्डिङ सेन्टर रहेको स्थानीय तहसँग समन्वय गरेर सेवा प्रवाह गरिने बताए । उनले आवश्यक परिवार सङ्ख्याको यकिन गरेर मात्रै सरकारले रकम उपलब्ध गराउने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






