काठमाडौं । नेकपा एमाले)को केन्द्रीय सचिवालय समितिको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी बैठक आज पनि निरन्तर चल्ने भएको हो ।
आजको लागि बैठक बिहान साढे ११ बजे बोलाइएको छ । यस पटकको बैठकमा अध्यक्ष ओली स्पष्ट अल्पमतमा परेका छन् । यसअघि उनको पक्षमा कट्टर रुपमा उभिँदै आएका शंकर पोखरेललगायतले पनि साथ छोडे पछि ओली अल्पमतमा परेका हुन् । सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरुले ओलीको राजीनामा मागिरहेका छन् ।
राजीनमामाको चर्को दबाब परेपछि शनिबारको बैठकमा अध्यक्ष ओलीले नेतृत्व छोड्न अस्वीकार गरेका थिए । ओलीले आइतबारको बैठकमा सबै प्रश्नको जवाफ दिने बताएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले बोल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







