सुदुर पश्चिमबाट गगनको नेतृत्व स्वीकार नगर्ने देउवा पक्षको सन्देश   

काठमाडौं । संसदमा कमजोर प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको भित्रको आन्तरिक मतभेद फेरि सतहमा आएको छ । सुदूरपश्चिममा आयोजित प्रदेशस्तरीय भेलामा सहभागी देउवा निकट नेताहरूले वर्तमान सभापति गगनकुमार थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाउन थप लचकता आवश्यक रहेको बताएका छन् ।

धनगढीमा सम्पन्न भेलामा बोल्ने अधिकांश नेताहरूले विशेष महाधिवेशनपछि पार्टीभित्र दूरी बढेको उल्लेख गर्दै आगामी १५औँ महाधिवेशन निष्पक्ष र सहमतिका आधारमा हुनुपर्ने धारणा राखे । उनीहरूले क्रियाशील सदस्यता अद्यावधिक र संगठनात्मक निर्णयहरूमा विवाद सिर्जना नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

नेता साउदले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षसँग संवाद र समन्वय गरेर मात्रै पार्टी बलियो बन्न सक्ने बताए । उनले आन्तरिक विवादलाई थप चर्काउनेभन्दा सहकार्यमा जोड दिनुपर्ने उल्लेख गरे ।

त्यसैगरी रमेश लेखकले पार्टीभित्र बृहत्तर एकताका लागि सभापति थापाले लचक नीति अपनाउनुपर्ने धारणा राखे । उनले पूर्वसभापति शेरबहादुर देउवाकोको योगदानलाई सम्मान गर्नुपर्ने बताए ।

भेलामा केही नेताहरूले वर्तमान नेतृत्वले संगठनलाई आफ्नो पक्षमा केन्द्रित गर्न खोजेको आरोपसमेत लगाए। क्रियाशील सदस्यता अद्यावधिकको प्रक्रियालाई लिएर पनि असन्तुष्टि व्यक्त गरिएको थियो।

प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र भ्रम सिर्जना गर्ने गतिविधि भइरहेको आरोप लगाउँदै कांग्रेस कुनै एक व्यक्तिको अहंकारले चल्न नसक्ने बताए। उनले पार्टीको आधार त्याग, संघर्ष र लामो राजनीतिक यात्राबाट बनेको उल्लेख गरे।

भेलामा सहभागी नेताहरूले पार्टीभित्र विश्वास, सहकार्य र संवादको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूको भनाइमा आगामी महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको सहभागितामूलक बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।

कार्यक्रमपछि जारी घोषणापत्रमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै संगठन सुदृढीकरणमा ध्यान दिन नेतृत्वलाई आग्रह गरिएको छ। साथै सरकारको कार्यशैली, महँगी, मल अभाव र जनजीविकासँग सम्बन्धित विषयमा पनि ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै