काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा , वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ । नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको हो ।
नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ । यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी Global Exposition बाट प्राप्त गर्न सकिनेछ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी यस प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न कम्पनीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो निर्णयबाट ‘ब्याक’ भयो बालेन सरकार
- नेपालले आज नामिबियासँग खेल्दै, विश्वकप छनोटको लक्ष्यमा दबाब
- अमेरिकाले इरानमा लगातार १० रात हवाई आक्रमण गरेको दाबी, हुथीद्वारा साउदी जहाजलाई चेतावनी
- नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
- विपद्को समयमा कार्यालय नछाड्न स्थानीय तहका कर्मचारीलाई सरकारको निर्देशन
- सरकारले ल्यायो लखपति अफर, दैनिक १ लाख र मासिक १० लाख जित्न सकिने
- काठमाडौंमा एक युवतीको आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो
- देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
