काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार, नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर र बसप्रति अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ ।
प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै रोबोट तथा नेपालमै डिजाइन र निर्माण गरिएको यात्री पी–२ विद्युतीय स्कुटरले दर्शकको ध्यान खिचेको छ । विद्युतीय सवारीसाधनका रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीबारे ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए ।
यस वर्षको अटो शोमा सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी प्रदर्शनमा राखिएका छन् । मूल्य, प्रविधि, रेन्ज, पावर, चार्जिङ समय र वारेन्टीका आधारमा विभिन्न ब्रान्डबीच प्रतिस्पर्धा देखिएको छ ।
एमएडब्लू वृद्धि मोटर्सले डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ र अवतार ०७ सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी, एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो तथा एलआरआर मोटर्सले स्काईवेल बीई ११ सार्वजनिक गरेका छन् । सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आरको बिक्री सुरु गरेको छ ।
अटो शोमा २०० भन्दा बढी स्टल र ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा अटोमोबाइलसम्बन्धी प्रविधि, उपकरण र सेवासमेत प्रदर्शनमा राखिएका छन् । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए । नाडाका अनुसार, बुधबारदेखि अटोमोबाइल क्षेत्रसँग सम्बन्धित ज्ञान आदानप्रदान तथा नलेज सेयरिङ कार्यक्रम पनि सञ्चालन हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





