काठमाडौं । लामो समयदेखि जारी तनाव र सैन्य द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गरिएको छ ।
वार्ताको मध्यस्थकर्ताको भूमिका निभाइरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले दुवै देशबीच युद्ध अन्त्य गर्ने समझदारी बनेको जानकारी दिएका छन् । उनका अनुसार अब औपचारिक प्रक्रिया अगाडि बढाइनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौता भएको जनाउँदै यसलाई क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण कदम बताएका छन् । इरानका एक वरिष्ठ कूटनीतिक अधिकारीले समेत सहमतिको पुष्टि गरेका छन् ।
यसबीच बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त प्रतिक्रिया जारी गर्दै शान्ति प्रक्रियालाई स्वागत गरेका छन् । उनीहरूले अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूसँग सहकार्य गर्दै स्थायी समाधानको प्रयासलाई अघि बढाउने बताएका छन् ।
सम्झौतापछि विश्व व्यापार र ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने सहमति पनि भएको जनाइएको छ । यस कदमले अन्तर्राष्ट्रिय तेल बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






