काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफललाई अगाडि बढाउने मुख्य कार्यसूचीसहित दुवै सदनको बैठक आह्वान गरिएको हो ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका लागि प्रस्तावित बजेट शीर्षकमाथि समूहगत छलफल गरिनेछ ।
आज युवा तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् ।
यता राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।
छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम तय भएको छ ।
आगामी वर्षका विकास योजना, सरकारी प्राथमिकता र खर्च व्यवस्थापनबारे संसद्मा हुने बहसलाई बजेटको प्रभावकारिता र कार्यान्वयन क्षमताको परीक्षणका रूपमा समेत हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






