काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ । यसका कारण विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
आज दिनभर हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रका सीमित स्थानमा पनि पानी पर्ने संकेत गरिएको छ ।
तराई क्षेत्रमा भने मौसम अधिकांश समय खुला रहने भए पनि कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ । यता लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरूमा तापक्रम बढ्ने तथा तातो महसुस हुने सम्भावना रहेको छ ।
रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ । कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका उच्च भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ । कोशी प्रदेशको तराई क्षेत्रमा समेत राति चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा र चट्याङ प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






