काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै समूह चरणमा शतप्रतिशत नतिजा कायम राखेको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको अर्जेन्टिनाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । टोलीका लागि १९औँ मिनेटमा लो सेल्सोले गोल गर्दै खाता खोले भने ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा विश्राम पाएका कप्तान लियोनल मेसी दोस्रो हाफमा मैदान उत्रिएका थिए । उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। जारी प्रतियोगितामा मेसीको यो छैटौँ गोल हो ।
जोर्डनले ५५औँ मिनेटमा मुसा अल तामारीमार्फत एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन ।
यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा आफ्नो यात्रा टुङ्ग्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मेसीको गोलसँगै अर्जेन्टिनाको सहज जित
- आज ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट सम्बोधन गर्ने
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज कोशी प्रदेशमा भारी वर्षा हुने, अरु प्रदेशमा के छ सम्भावना ?
- रास्वपाको नयाँ नेतृत्वमा रवि निकट नेताको वर्चस्व, असिम शाह बने अपवाद
- होर्मुजमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले लगाए इरानमाथि आरोप
- कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी
- रास्वपाको महामन्त्रीमा ८ जनाको मात्र उम्मेदवारीः शिशिर खनालले किन लिए फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






