तेहरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि राजधानी तेहरानमा ठूलो संख्यामा सर्वसाधारण भेला भएका छन् ।
बीबीसी फारसी सेवाका अनुसार अत्यधिक भीडका कारण तेहरानस्थित मोसल्ला मस्जिदको उत्तरी प्रवेशद्वारसमेत खोलिएको छ ।
इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा छ दिनसम्म सञ्चालन हुने अन्त्येष्टि कार्यक्रममा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुने अपेक्षा गरेका छन् ।
यता, इराकी सञ्चारमाध्यमहरूले अन्त्येष्टिका अवसरमा बुधबार राजधानी बगदाद बन्द रहने जनाएका छन् ।
खामेनीको अन्त्येष्टि कार्यक्रम बिहीबार उनको गृहनगर मसहदमा सम्पन्न हुनेछ, जहाँ उनलाई अन्तिम बिदाइ गरिनेछ ।
गत फागुन १६ गते ९फेब्रुअरी २८० अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनी र उनका परिवारका सदस्यको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






