काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागका अनुसार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ ।
यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि अधिकांश क्षेत्रमा बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको भनाइ छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । साथै, मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सम्पत्ति छानबिन आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
- लुम्बिनी विकास बैंकले विभिन्न कार्यक्रमका साथ मनायो १९ औं बार्षिकोत्सव
- ठमेलमा महानगरको नीति विपरीत चुनावी ब्यानरको भद्रगोल
- कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्चाल चलाउन रोक
- इरान–अमेरिका तनाव चर्कियो, दुई दिनमा १४ नागरिक मारिएको इरानको दाबी
- मोरोक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
- आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
- टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

ट्रेन्डिङ
खबरमुकाम






