इरानले हत्याको प्रयास गरे १ हजार मिसाइलले बदला लिने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरेमा वा त्यस्तो कदम चालेमा इरानमाथि ठूलो संख्यामा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोसल'मा एक पोस्ट सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले इरानी पक्षबाट त्यस्तो कुनै पनि गतिविधि भएमा अमेरिकाले सुरुमै १ हजार वटा मिसाइल प्रहार गर्ने चेतावनी दिएका हुन् । उनले त्यसलगत्तै थप हजारौँ मिसाइलहरूद्वारा आक्रमण गरिने समेत उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार उनले अमेरिकी सेनालाई यस किसिमको सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहन आवश्यक आदेश दिइसकेका छन् । यो विशेष सैन्य तयारी हाललाई एक वर्षको अवधिका लागि गरिएको र आवश्यकता अनुसार यसको समय सीमा थप बढाउन सकिने उनले दाबी गरेका छन् ।

पछिल्लो समय इरानले आफ्नो हत्या गर्ने योजना बनाइरहेको भन्ने विभिन्न रिपोर्टहरू सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो कडा र आक्रामक प्रतिक्रिया बाहिर आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै