काठमाडौं । बिहीबार दिउँसो परेको वर्षापछि काठमाडौंका विभिन्न मुख्य सडक जलमग्न भएका छन् । पानी जमेपछि सवारी आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीले समेत सास्ती बेहोर्नुपरेको छ ।
विशेषगरी माइतीघर क्षेत्रमा सडक पूर्ण रूपमा डुबानमा परेपछि त्यहाँको यातायात केही समय अस्तव्यस्त बनेको थियो । त्यस्तै पुतलीसडक, धोबीखोला करिडोरलगायतका विभिन्न स्थानमा पनि पानी जम्दा आवागमनमा कठिनाइ भएको छ ।
सडकमा पानी भरिएपछि सवारी साधनको गति सुस्त बनेको थियो भने पैदल हिँड्ने सर्वसाधारणले समेत यात्रा गर्न समस्या भोग्नुपरेको देखिएको छ ।
काठमाडौंमा केहीबेरको वर्षामै सडक डुबान हुने समस्या दोहोरिँदै आएको छ । अपर्याप्त ढल निकास र वर्षाको पानी व्यवस्थापन प्रभावकारी नहुँदा सामान्य वर्षापछि पनि मुख्य सडकहरू जलमग्न हुने अवस्था देखिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






