काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक तथा क्लिनिकल विषयमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि योग्य र अनुभवी चिकित्सकहरूबाट आवेदन आह्वान गरेको छ । कलेजले शुक्रबार एक सूचना जारी गरी सहप्राध्यापक तथा लेक्चरर पदमा आवेदन माग गरेको हो ।
चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले कलेजले एनेस्थेसियोलोजी, डीएम क्रिटिकल केयर, नेत्ररोग, रेडियोलोजी, छाला तथा यौनरोग, इन्टरनल मेडिसिन, बालरोग, न्युरोसर्जरी तथा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी विषयमा अध्यापन गर्न सक्ने योग्य चिकित्सकहरूको माग गरेको हो ।
कलेजका अनुसार प्राध्यापन, बिरामी सेवा र अनुसन्धानप्रति समर्पित चिकित्सकहरूका लागि नेपाल मेडिकल कलेजले उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण–सिकाइ प्रणाली तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउँदै आएको छ । आवेदन मार्फत दक्ष तथा अनुभवी प्राध्यापकहरूको सहभागिताले चिकित्सा शिक्षाको गुणस्तर अझ सुदृढ हुने विश्वास कलेजले लिएको छ ।
नेपाल मेडिकल कलेजले दक्ष, सक्षम र जिम्मेवार चिकित्सक उत्पादन गर्दै देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै कलेजले योग्य चिकित्सकहरूलाई आफ्नो शैक्षिक परिवारसँग आबद्ध हुन आग्रह गरेको छ ।
इच्छुक उम्मेदवारहरूले २०८३ साउन ७ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन career@nmcth.edu मा इमेलमार्फत वा कलेजको वेबसाइट www.nmcth.edu/career मार्फत अनलाइन पनि गर्न सकिने जनाएको छ ।
नेपाल मेडिकल कलेजले यस अवसरलाई चिकित्सा शिक्षामा योगदान दिन चाहने चिकित्सकहरूका लागि एक महत्वपूर्ण करियर अवसरका रूपमा लिन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






