चितवन । चितवनको भरतपुरस्थित एक औषधि फ्याक्ट्रीमा एसीमा कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जना प्राविधिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६, गणेश मन्दिर क्षेत्रमा रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीको दोस्रो तल्लामा बिहीबार अपराह्न करिब ३ः२० बजे दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बाहिरबाट एसी मर्मत तथा ग्यास भर्न आएका प्राविधिकहरूले ‘काल्टोन ४१० ए’ ग्यास सिलिन्डर प्रयोग गरी एसीमा कुलिङ ग्यास भरिरहेको अवस्थामा अचानक सिलिन्डर विस्फोट भएको थियो ।
विस्फोटमा गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१२ निवासी ३० वर्षीय प्रमोद कोइरालालाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएको थियो । तर, उपचारका क्रममा अपराह्न ४ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए ।
विस्फोटमा परी पर्साको पर्टेर्वा गाउँपालिका–५ निवासी २८ वर्षीय इम्तियाज देवान पनि गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। देवानको हाल नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विस्फोटको वास्तविक कारण पत्ता लगाउन प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






