काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनाको अवधिमा नेपालमा १७२ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन देखि मंसिर सम्म उक्त संख्यामा उद्योग दर्ता भएको देखिएको छ । यी उद्योगले प्रस्ताव गरेको लगानीको आकार झण्डै १ खर्ब रुपैयाँ हुन आउने विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार यो वर्ष विभागमा दर्ता भएका यी उद्योगमध्ये २१ वटा ठूला उद्योग रहेका छन् ।
मझौला उद्योगको संख्या १४ रहेको छ । साना उद्योगको संख्या भने १३७ वटा रहेको विभागले जनाएको छ । १७२ उद्योगले कुल ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने गरी उद्योग दर्ता गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागले यस वर्ष ८० ठूला, ८५ मझौला र २ सय साना उद्योग दर्ता हुने अनुमान गरेको थियो ।
यसमध्ये साना उद्योग दर्ता उत्साहजनक पाइएको छ । मंसिरसम्म दर्ता भएका उद्योगले १२ हजार ७६७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । मंसिर महिनामा मात्र ३ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी गर्ने गरी उद्योग दर्दा भएका छन् । यस महिनामा कुल ३१ उद्योग दर्ता भएकोमा ठूलो र मझौला आकारका उद्योग एक/एक छन् । अरु साना उद्योग छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







