काठमाडौं । धान रोपाइँको मुख्य समयमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिक टन मल नेपाल भित्र्याउने तयारी गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले विभिन्न देश तथा आपूर्ति प्रणालीमार्फत मल आयात प्रक्रिया तीव्र बनाएको जनाएको हो ।
मन्त्रालयका अनुसार भारतसँग भएको सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत युरिया मल आयातको काम अघि बढिरहेको छ । सम्झौताअनुसार कुल ८० हजार मेट्रिक टन मल ल्याउने व्यवस्था भए पनि पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । यसमध्ये ३० हजार मेट्रिक टन युरिया हाल ओमनबाट ढुवानी प्रक्रियामा रहेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ग्लोबल टेन्डर) मार्फत एक लाख ८० हजार मेट्रिक टन रासायनिक मल खरिदको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । यसमा ६० हजार मेट्रिक टन डीएपी र एक लाख २० हजार मेट्रिक टन युरिया समावेश छन् । यी मल साउनको पहिलो सातादेखि नेपाल आइपुग्ने लक्ष्य राखिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार ३० हजार मेट्रिक टन डीएपी बोकेको जहाज भारतको विशाखापट्टनम बन्दरगाहमा पुगिसकेको छ । उक्त मल असार १९–२० गतेदेखि नेपाल ल्याउन थालिने तयारी छ । साथै थप ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ, जुन साउन अन्तिमसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले पनि कतार, साउदी अरेबिया र भियतनामबाट मल आयातको प्रक्रिया अघि बढाएको जनाएको छ । कतारबाट ३० हजार मेट्रिक टन युरिया ढुवानीमा रहेको छ भने साउदी अरेबियाबाट सोही परिमाणको युरिया जहाजमा लोड भइसकेको छ । भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी पनि नेपाल ल्याइँदैछ, जुन साउनको दोस्रो सातासम्म आइपुग्ने अनुमान गरिएको छ ।
मन्त्रालयका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उपलब्धतामा केही चुनौती देखिए पनि किसानलाई आवश्यक परिमाणमा मल उपलब्ध गराउने प्रयास भइरहेको छ । यस वर्ष विगतको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षभित्र करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा किसानलाई वितरण गर्ने सरकारको योजना रहेको छ । वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन स्थानीय तह तथा सम्बन्धित निकायलाई अनलाइन प्रणालीमा विवरण नियमित अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ ।
मन्त्रालयले मल वितरणमा कालोबजारी, कृत्रिम अभाव वा अन्य अनियमितता देखिएमा तत्काल उजुरी गर्न आग्रह गरेको छ । यसका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने हटलाइन नम्बर ९७०००९९११३ तथा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

