काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ वर्ष विक्रम संम्बत २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ‘८१ मा एक्कासी’ उपहार योजना अन्तर्गत रेसिङ अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई अप्रत्याशित रुपमा एक्कासी आइपर्ने दुर्घटना, स्वास्थ्य समस्या जस्ता आकस्मिक रुपमा जोखिमको रक्षावरण गरिदिने भएको हो ।
जोखिम रक्षावरण योजना अन्तर्गत नयाँ वर्ष २०८१ का पहिलो तीन महिना ९वैशाख, जेठ र असार० महिनामा सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकहरूले पनि साल २०८१ भरि एक वर्ष लागु हुनेगरी बीमा सुविधा प्राप्त गर्नेछन् । जसमा दुर्घटना बीमा अन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ ।
त्यसैगरी, औषधी उपचार बीमा बापत जुनसुकै रोग र उपचारका लागि १ लाख रुपैयाँ बीमा समेत रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । यो उपहार योजना प्राप्त गर्ने हरेक ग्राहकलाई कुनै गम्भीर प्रकृतिका रोग लागेमा थप १ लाख रुपैयाँको बीमा सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।
उल्लेखित उपहार योजना विशेष ग्राहकले थप अर्को वर्ष समेतका लागि प्राप्त गर्न सक्ने उल्लेख गर्दै अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले भने, ‘पहिलो तीन महिनामा कारोबार गर्ने कुनै ग्राहकले यो सालभर थप कारोबार गरेमा वा त्यस्ता ग्राहकको सिफारिसमा कुनै नयाँ कारोबार भएमा त्यस्ता ग्राहकको हकमा अर्को साल २०८२ को लागि पनि यस्तो जोखिम रक्षावरण ९बीमा सुविधा० प्राप्त हुने छ।‘
उनका अनुसार अटोमोबाइल्सको ग्राहक केन्द्रित यस्ता योजनाहरू नियमित रुपमा सार्वजनिक गर्दै आइरहेको छ । आफ्ना ग्राहकसँगै हरेक पर्व, अवसर र उमङ्ग साट्ने प्रयास स्वरूप यस प्रकारको योजना सार्वजनिक गरिएको ढुङ्गेलले बताए । आफ्ना ग्राहकको स्वास्थ्य र सुरक्षामा आफूहरूको चासो रहेकोले यो योजना तीन महिनाको लामो समयका ग्राहकको लागी उपलब्ध गराइएको उनको दाबी छ ।
सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्री वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलङ्की भाटभटेनीदेखी २०० मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाई अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहक बीच लोकप्रियता हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







