काठमाडौँ। शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेर नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको छ । शिवमले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।
सर्वसाधारणका लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले आगामी दिनमा कम्पनीलाई गुणस्तरीय उत्पादन मार्फत थप उचाईतर्फ लैजाने प्रतिवद्धता जनाएको छ । सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुङ्गाको प्रयोग गरी दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
शिवम् सिमेन्ट ओपीसी मात्र उत्पादन गर्ने नेपालकै एक अग्रणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले व्यक्तिगत, व्यवसायीक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा विगत लामो समयदेखि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ ।
यो कम्पनी ‘भरोसा अटुट सम्बन्धको’, क्वालिटीको मामलामा नो कम्प्रोमाइज’, गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मूल नाराका साथ अगाडि बढीरहेको छ । नेपालमा गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा दिदैँ आइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम



.jpeg)



