काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले वार्षिक ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ ।
बैंकका अनुसार उक्त कर्जा बेस रेटमा शून्य प्रतिशत थप विशेष ब्याजदरमा उपलब्ध हुनेछ । नाडा अटो शो २०२६ को अवसरमा ल्याइएको यो योजना भदौ मसान्त २०८३ सम्म लागू हुने बैंकले जनाएको छ । त्यसपछिको अवधिमा बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन र आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिदका लागि सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
विशेष अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत उपलब्ध हुनेछ । नाडा अटो शोमा सहभागी तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यस योजनाबाट लाभ लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

