काठमाडौँ। सीजी मोटर्सले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्म दिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरिएको छ ।
हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरेको हो । विनोद चौधरीका छोरा तथा सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा एसेम्बली प्लान्ट निर्माण हुने भएको हो । ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने छ ।
वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १६५ जनाले यहाँ रोजगारी पाउने छन् । केही समय पहिले मात्र हिरोको आधिकारिक बिक्रेता ज्योति समूहबाट चौधरी ग्रुपको सीजी मोटर्सले लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







