काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव(नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्राल विगत १६ महिना देखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहदै आएका छन्।
चार्टर्ड एकाउन्टेन्ट बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ। उनी एन आई सी एशिया लघुवित्तवित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुन् ।
यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव(नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन्। विगत ७ वर्षदेखि यस विकास बैंकमा आवद्ध श्री थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।
बैंक कार्य सम्पादन गर्नेहरूको लागि उर्वरा भूमि बनाउने ध्येय अनुरूप कार्य गर्दै आएको छ। साथै बैंकले सोका लागि आवश्यक पर्ने समुचित वातावरण र संस्थागत संस्कृति स्थापना गरेको छ। यसैको फलस्वरूप, उनीहरूको अद्वितीय योगदानको कदरस्वरूप उहाँहरूलाई पदोन्नति गर्ने बैंकले निर्णय गरेको हो। उच्च कार्यसम्पादनको समयमै समुचित प्रतिफल दिने तथा यसलाई साधकको रूपमा ग्रहण गरी बैंकलाई दीर्घकालीन साध्य हासिल गर्नमा यो पदोन्नति कोशेढुङ्गा साबित हुने विश्वास बैंकले लिएको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
सोही मान्यता अनुरूप, यस विकास बैंकले नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी र सहयोगले हालसम्म करिब ८५० भन्दा बढी नेपाली शिशुहरुको जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने असाध्यै महत्वपूर्ण क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै आएको छ।
संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ब्त्ः मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







