काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालके रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको कुल चुक्ता पुँजी २० करोड रुपियाँ रहेको छ ।
आरविविले नेपाल धितोपत्र बोर्डबाट गत वर्ष साउन ३२ गते धितोपत्र कारोबारका लागि स्वीकृति प्राप्त गरेको थियो भने गत माघ ३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो । त्यसैगरी कम्पनीले सिडिएस एन्ड क्लियरिङबाट माघ २३ मै राफसाफ सदस्यतासमेत प्राप्त गरिसकेको छ ।
ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजारसम्बन्धी सेवा प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







