काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आर्थिकन्यूजका प्रबन्ध सम्पादक इन्द्र बानियाँमाथि भएको अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
इमानका सल्लाहकार सदस्यसमेत रहेका बानियाँले राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता, आर्थिक लेनदेन र नियुक्ति प्रकरणबारे समाचार प्रकाशन गरेका थिए। सोही विषयलाई लिएर ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले उनलाई अपशब्द प्रयोग गर्दै प्रत्यक्ष ज्यान मार्ने धम्की दिएको इमानले जनाएको छ।
विज्ञप्तिमार्फत इमानले भनेको छ– “समाचारको विषय चित्त नबुझ्ने हो भने प्रेस काउन्सिल नेपालमा उजुरी दिने वैधानिक बाटो छ। तर पत्रकारमाथि गालीगलौज र धम्की दिनु आपराधिक र निन्दनीय कार्य हो।”
इमानले यसलाई स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भन्दै भत्र्सना गर्दै दोषीलाई तत्काल निष्पक्ष अनुसन्धान गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







