नाडा अटोमोवाइल्सले नेपालमा सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनको सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले २०८२/८/७ मा एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘बन तथा वातावरण मन्त्रालयको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको छ । यस सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मङ्गसिर १५ गतेसम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्व विदितै छ । सोहि प्रावधान अनुसार सो तोकिएको समयावधी भित्र आफना वाँकी रहेका सवारी साधनहरुको पनि भन्सार जाँचपास गर्नु हुन समेत अनुरोध गर्दछौ । उक्त व्यवस्थाको लागि नाडाले बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको वेहोरा पनि जानकारी गराउन चाहान्छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







