काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ मा नवनिर्मित भवनको एक भव्य कार्यक्रम मार्फत् उद्घाटन गरेका हुन् ।
आफ्नो छुट्टै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति अर्थमन्त्रीले खुशी प्रकट गरेका थिए । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्देै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
सो समुद्घाटन कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौडा उपमहानगरपालिका प्रमुख (मेयर) श्रीमती मिनाकुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंंकको प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत बैंकका अन्य प्रतिनिधिहरु, बागमती प्रदेश तथा नगरपालिकाका लब्ध प्रतिष्ठित व्यतिmत्वहरुको उपस्थिति रहेको थियो । सो समुद्घाटन कार्यक्रम मार्फत् नेपाल बैक, यस क्षेत्रको अग्रणी बैंक रहेकोे तथा अपाङ्गता मेैत्री सेवा समेत समेट्ने गरी उत्कृष्ट सेवा प्रदान गर्न लागेको प्रति खुशी प्रकट गर्दै थप प्रभावकारी सेवा प्रवाहको लागि शुभकामना व्यक्त गरेका थिए ।
नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई दक्ष जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







