काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा सिल्भर अवार्ड प्राप्त गरेको छ । विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरुले प्रकाशित गरेको आ.व २०८१÷८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट गरिमा विकास बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
ISO 9001:2015 / ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६”बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६”बाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







