काठमाडौं । मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र नतिजामुखी कार्यसम्पादन सम्बन्धी १०० बुँदे कार्ययोजना तथा प्रभावकारी ग्राहक सेवाको मर्मलाई आत्मसात् गर्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाएको छ । कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकको यस प्रयास मार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । अनलाइन कर्जा आवेदनका लागी बैंकको आधिकारिक वेबसाइट www.rbb.com.np को शिरमा रहेको Quick Access अन्तर्गत रहेको Online Loan Application को लिङ्क क्लिक गरी RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ । उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी User Registration मार्फत दर्ता गर्नुपर्नेछ । तत्पश्चात् आफ्नो नाम, सम्पर्क मोबाइल नं लगायत विवरण प्रविष्ट गरी प्राप्त निर्देशन अनुसार अगाडी बढ्नुपर्छ ।
Application Submitted भईसकेपछी सोको जानकारी ग्राहकलाई आउँछ र आवेदनको अवस्था Track Progress मा क्लिक गरेर हेर्न सकिनेछ । ग्राहकवर्गको सहजताको लागि अनलाइन कर्जा आवेदन पोर्टलको QR code समेत उपलब्ध गराईएको छ । अनलाईन कर्जा सेवाको भरपूर लाभ उठाउन बैंकले आम नागरिक, व्यवसायी एवं सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







