काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द« भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदम राज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्चीहरु तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन् ।
नारायणगढ क्षेत्र प्रमुख भण्डारीले बैंकको तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षा स्थलको लागि पनि सहयोग गरेका छन् ।
शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले उक्त सहयोग उपलब्ध गराएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्दै सो सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री जन ज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम






