काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।
उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने छ ।
अहिले बजारमा ५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






