मुकाम डेस्क । मङ्सिर १७ गते अपांगता भएका व्यत्तिहरुको ३२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषले सम्मान गरेको छ । उक्त सम्मान, कार्यक्रमका प्रमुख अतिथी, शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो ।
गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपांग कोषलाई रु ५ लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपांगता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलाई उक्त रकम सहयोग गरेको थियो ।
राष्ट्रिय अपांग कोषले वार्षिक पन्ध्र सय अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







