• वि.सं २०८३, असोज २३ शुक्रबार
  • Friday, 09 October, 2026
  • युनिकोड
  • Live

नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक

नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६  लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ । 

यस अवसरमा नेपाल बैंकले सबैखाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहने  ग्राहकहरुलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष अटो लोन योजना ल्याएको हो । 
 

यस योजना अन्तर्गत ग्राहकहरुले नाडा अटो शोमा नेपाल बैंक लिमिटेडबाट कर्जा लिई जुनसुकै ब्राण्डको सवारी साधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरि हुन आउने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरि यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शूल्कमा ०.५ प्रतिशत मात्र सेवा शूल्क लाग्ने र कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शूल्क रु. तीन लाख सम्मको क्रेडिट कार्ड (लाइफटाइम) को सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्बन्धमा नेपाल बैंक लिमिटेडले नाडा अटो शोमा सहभागी सम्पूर्ण ग्राहकवर्ग तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा बैंकको नवीनतम वित्तीय सेवा तथा सवारी कर्जा सुविधाबारे जानकारी लिन हार्दिक अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै