कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली

काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् ।

पदबहालीको अवसरमा उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए ।

साथै कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्‍याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने समेत बताए ।  

कार्यकारी निर्देशक कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहि सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउए ।

उनलाई नेपाल सरकार, मन्त्रिपरिषदको २०८३ भदौ ३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै