काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ जना नामुद ठेकेदारका निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न समयमा ठेक्कालिएर समयमै काम सम्पन्न नगरेको आरोपमा खरिद अनुगमन कार्यालयले आठ जना ठेकेदारले सञ्चालन गर्दै आएका निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।
सरकारका विभिन्न पाँच वटा निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ठेक्का लिएर काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली कन्स्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यी कम्पनी सन्चालक क्रमशः राजिव गुर्गा, मदनकुमार अधिकारी र दिपेन्द्रबहादुर शाही हुन । ती तीन कम्पनीले भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीमार्फत् लोकमार्गको पाँचथर खण्डमा ठेक्का लिएर काम अलपत्र पारेपछि आयोजनाको कार्यालय फिदिम पाँचथरले लेखिपठाएका आधारमा कालोसूचीमा राखिएको हो ।
कार्यालयले धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सो कम्पनीका सन्चालक विक्रम तामाङ हुन् । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । सो कम्पनीका सन्चालक हरिराम बोहोरा हुन् । कार्यालयले झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई पनि एक वर्षको लागि कालोसूचीमा राखेको छ ।
यी कम्पनीका सञ्चालकहरू क्रमशः फुर्तेम्बा शेर्पा, गणेशबहादुर बस्नेत र पोष्टबहादुर बोगटी हुन् । कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुले अब सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । उनीहरुलाई पटक पटक सूचना दिँदा पनि काम अगाडी नढाएको भन्दै कालोसूचीमा राखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






