काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति पौडेलसँगको भेटमा सभापति लामिछानेले सुनसरीमा भएको घटनाका विषयमा सर्वदलीय बैठकमा भएको छलफलबारे जानकारी गराएको राष्ट्रपति सचिवालयले जनाएको छ । सर्वदलीय बैठक सम्पन्न भएलगत्तै लामिछाने राष्ट्रपति भवन पुगेका थिए ।
भेटका क्रममा लामिछानेले समसामयिक विषय तथा पछिल्लो राजनीतिक अवस्थाबारे समेत राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





