काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको हो ।
पाठकको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सा पठाइएको छ । बुधबार भट्टराईलाई पर्सा पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।
केही दिनअघि वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनापछि चिकित्सक र एसपी पाठकबीच विवादसमेत बढेको थियो ।
उक्त घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । हाल देशभरका चिकित्सकहरूले आकस्मिक सेवाबाहेकका ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





