पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको हो ।

पाठकको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सा पठाइएको छ । बुधबार भट्टराईलाई पर्सा पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।

केही दिनअघि वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनापछि चिकित्सक र एसपी पाठकबीच विवादसमेत बढेको थियो ।

उक्त घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । हाल देशभरका चिकित्सकहरूले आकस्मिक सेवाबाहेकका ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै