काठमाडौं । टोखा रोड ग्रिल्याडमा सञ्चालित (मिठो झोल) मःमः नामक पसलमा कपाल भेटिएपछि कारबाहीमा परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले मःमःमा कपाल भेटिएको समाचार र भिडियो तथ्यसहित सार्वजनिक भएपछि अनुगमन गरेर कारबाही गरेको हो ।
उक्त पसललाइ २० हजार जरिवाना गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरराज पौडेलले जानकारी दिए । उनका अनुसार पसलले यस प्रकारको त्रुटि पहिलोपटक गरेको हुँदा हाललाई जरिवानासहित सचेत गराई चेतावनी दिइएको छ । अनुगमन टोलीले पसल सञ्चालकलाई खाना तयार गर्दा अपनाउनुपर्ने स्वच्छता मापदण्ड तथा खाद्य वस्तु ढाकछोप गर्नेलगायतका विषयमा कडा निर्देशन दिएको छ ।
सीडीओ पौडेलले भने ‘उपभोक्ताको स्वास्थ्यसँग सिधा सरोकार राख्ने यस्ता विषयमा कुनै पनि व्यवसायीले लापरबाही गर्न मिल्दैन । यसपटक सो मम पसलको त्रुटि पहिलो पटक भएकाले चेतावनीसहित जरिवाना गरिएको हो, तर आगामी दिनमा यस्तै त्रुटि दोहोरिएमा थप कडा कारबाही गरिनेछ ।’
पछिल्लो समय काठमाडौं उपत्यकामा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गुनासो बढ्दै गएपछि सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्र बनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि होटल, रेष्टुरेन्ट, फास्टफुड तथा खाद्य सामग्री बिक्री गर्ने विभिन्न व्यवसायमा नियमित अनुगमन गरिँदै आएको जनाइएको छ ।
प्रशासनले उपभोक्तालाई पनि खाद्य सामग्रीमा कुनै किसिमको समस्या वा अनियमितता देखिए तत्काल सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने लापरबाही नियन्त्रण गर्न सरकारी निकायले आगामी दिनमा पनि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
उपत्यकाभित्र यसअघि पनि विभिन्न खाद्य पसल र रेस्टुरेन्टहरूमा यस्तै प्रकृतिका अनुगमन तथा कारबाही भइरहेका छन्, जसको उद्देश्य उपभोक्ताको स्वास्थ्य सुरक्षा र गुणस्तरीय खाद्य सेवा सुनिश्चित गर्नु रहेको सम्बन्धित निकायहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







